Techie IT
२०८२ पौष ७, सोमबार

जनकपुरधाममा एनपीएल ट्रफीको पूजापाठ गरि नगर परिक्रमा सम्पन्न


जनकपुरधाम — नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी शनिबार जनकपुरधाममा पूजापाठ गरी नगर परिक्रमा गरिएको छ।

सातै प्रदेशमा ट्रफी परिक्रमा गराउने अभियानअन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ कार्यक्रम आयोजना गरिएको हो।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले विधिपूर्वक ट्रफीको पूजापाठ गरेपछि आयोजकले जानकी मन्दिर परिसरमा बनाइएको मञ्चमा कपको प्रदर्शन गरेका थिए। त्यसपछि ट्रफीलाई नगरका विभिन्न भागमा परिक्रमा गराइएको थियो।

जानकी मन्दिरबाट सुरु भएको नगर परिक्रमा राम मन्दिर–मुरलीचौक–जिरो माइल–रामानन्द चौक–पिडारी चौक–मिल्स एरिया–भानु चौक–कदम चौक–मुरलीचौक हुँदै बसपार्कमा पुगेर सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जनकपुर बोल्ट्स विजेता बनेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट