Techie IT
२०८२ पौष ६, आइतबार

पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु


सांकेतिक

विराटनगरस्थित नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ।

मृतक सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव हुन्।

प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट यादव खसेका थिए। गम्भीर अवस्थामा फेला परेको उनलाई तत्काल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

उपचारक्रममा बिहान ७:२५ बजे उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिएका छन्।

यादव सोही मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरको रूपमा कार्यरत थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट