Techie IT
२०८२ पौष १७, बिहीबार

सुनसरीमा गोली प्रहारबाट एक जनाको मृत्यु


सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ। बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी बलको बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली प्रहार हुँदा कोशी गाउँपालिका–१ निवासी ४५ वर्षीय विजय साहको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार राति करिब १ बजेतिर अपरिचित व्यक्तिले चलाएको गोली साहलाई लागेको थियो, जसका कारण घटनास्थलमै उनको मृत्यु भएको हो।

प्रहरीले घटनास्थलबाट गोलीको खोका बरामद गरेको छ। घटनाको कारण र संलग्न व्यक्तिको पहिचानका लागि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट