Techie IT
२०८३ जेष्ठ १४, बिहीबार

अदालत घेर्न धनुषा ओर्लिँदै मधेसका हजारौँ मिटरब्याज पीडित


राज्यले आफ्ना मागप्रति कुनै चासो नदेखाएको भन्दै आक्रोशित मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा गरेका छन् । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन (नेपाल मिथिला कमान्ड) ले बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै आन्दोलनको कडा कार्यक्रम सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मिथिला कमान्डका इन्चार्ज मोहन महतोले आगामी मंगलबार मिथिला र भोजपुरा कमान्डको संयुक्त नेतृत्वमा धनुषा जिल्ला अदालत घेराउ गरिने जानकारी दिए । पीडितहरू विगत १२ दिनदेखि निरन्तर आन्दोलनरत रहे पनि राज्यपक्ष र सम्बन्धित निकाय उनीहरूको पीडाप्रति कतिपय संवेदनशील नभएको महतोले आरोप लगाए ।

"हामी विगत १२ दिनदेखि सडकमा छौँ, तर राज्यले हाम्रो आवाज सुनेको छैन । छलफलका नाममा मिटरब्याजी शोषकहरूले उल्टै बेवास्ता गरिरहेका छन्," इन्चार्ज महतोले आक्रोश पोख्दै भने, "पीडितहरूको समस्यालाई नजरअन्दाज गरिएकाले अब हामी निर्णायक आन्दोलनमा होमिन बाध्य भएका हौँ । जेठ १९ गते मिथिला कमान्डको अगुवाइमा धनुषा जिल्ला अदालत घेराउ गरिँदैछ, जहाँ ८ देखि १० हजार पीडित सडकमा उत्रिनेछन् ।"

उक्त घेराउ कार्यक्रमलाई सफल पार्न मधेस प्रदेशका विभिन्न जिल्लाहरूबाट ८ देखि १० हजारको संख्यामा पीडितहरू जनकपुरधाम ओर्लिने मिथिला कमान्डले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट