रिलिज अघि नै तोडयो ‘वार २’ले शाहरूखको जवान र पठानको रेकर्ड

अब मात्र चार दिन बाँकी छ । स्टेज तयार भइसकेको छ र ‘वार २’ का नायक तथा खलनायक पूर्ण रूपमा तयारी अवस्थामा छन्।
रजनीकान्तको ‘कुली’ अगाडि उभिएको छ, जसले कडा प्रतिस्पर्धा दिने अनुमान गरिएको छ। यसैबीच, ऋतिक रोशन र रजनीकान्त दुवैको फिल्मको प्रि–सेल्समा जबरजस्त उत्साह देखिएको छ।
यी दुई फिल्मको चर्चा अहिले जताततै छ। यशराज फिल्म्सको आगामी ‘वार २’ को सन्दर्भमा माहोल पूरै तयार छ, जसका कारण टिकटिङ प्लेटफर्म ‘बुक माई शो’ मा ठूलो हलचल देखिएको छ।
ऋतिक रोशन र जुनियर एनटीआरको ‘वार २’ ले प्रि–सेल्समा सलमान खान र रणवीर कपूरका फिल्मलाई पछि पारेको छ। रिलिज हुनुअघि नै यसले धेरै ठूला फिल्मको दर्शक चासोको रेकर्ड तोडेको छ, जुन ‘बुक माई शो’ मा कायम गरिएको थियो।
सबैलाई थाहा छ—यो यशराज जासूस ब्रह्माण्डको सबैभन्दा महँगो फिल्म हो, जसलाई ४ सय करोड रुपैयाँको बजेटमा तयार गरिएको हो। अहिले ‘बुक माई शो’ मा यस फिल्मका लागि जबरजस्त उत्साह छ।
रिलिजको चार दिनअघि नै फिल्म हेर्न ८ लाख ३९ हजारले चासो देखाइसकेका छन्। पछिल्ला २४ घण्टामा मात्रै ७ हजार ३३ टिकट बिक्री भएको छ। यसले शाहरुख खानको ‘जवान’ (७ लाख ३० हजार चासो) र ‘पठान’ (७ लाख २२ हजार चासो) को रेकर्ड तोडिसकेको छ। सलमान खानको ‘टाइगर ३’ (५ लाख १७ हजार), रणवीर कपूरको ‘ब्रह्मास्त्र’ (४ लाख ३० हजार) र ‘एनिमल’ (४ लाख १० हजार) पनि यसले पछि पारेका छन्।
अगस्ट १४ मा रिलिज हुने फिल्मको माहोल बनिसकेको छ। अनुमान छ—फिल्मले ओपनिङकै दिन ठूलो रेकर्ड तोड्न सक्छ। तर, यसलाई सबैभन्दा ठूलो चुनौती रजनीकान्तको ‘कुली’ बाट हुनेछ। अब हेर्न बाँकी छ—पहिलो दिन फिल्मले कति करोडको कमाइ गर्छ।
तपाईको प्रतिक्रिया दिनुहोस