Techie IT
२०८२ श्रावण २८, बुधबार

रजनीकान्तको क्रेज: ब्ल्याकमा ४५ सयमा टिकट बिक्री, कम्पनीले दियो रिलिजको दिन कर्मचारीलाई बिदा


भारतका सुपरस्टार रजनीकान्त अभिनित फिल्म कुली अगस्ट १४ मा सिनेमाघरहरूमा रिलिज हुँदैछ । तर त्योभन्दा पहिले नै उनका फ्यानहरुमा यस फिल्मको क्रेज देखिएको छ ।

भारतको चेन्नईमा पहिलो दिन, पहिलो शो (फर्स्ट डे फर्स्ट शो) को टिकट कालो बजारमा ४५ सयसम्म बिक्री भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । पहिलो दिन फिल्मले अग्रिम बुकिङमा विश्वभर ८५ करोडभन्दा बढीको कलेक्सन गरेको बताइएको बेला टिकटको कालोबजारी भएको विषय बाहिर आएको हो ।

लोकेश कनागराजको फिल्म कुलीलाई लिएर फ्यानहरू धेरै उत्साहित छन्, जुन तमिल, हिन्दी, तेलुगु र कन्नड भाषाहरूमा रिलिज हुँदैछ । यद्यपि, यस्तो उत्साहले ठूलो मात्रामा कालो बजारको लागि पनि बाटो खोलेको छ, जहाँ धेरै सिंगल-स्क्रिन थिएटर र फ्यान क्लबहरूले तमिलनाडु सरकारको नियमहरूको उल्लङ्घन गर्दै बढी मूल्यमा टिकट बेचिरहेको आरोप छ ।

७४ बर्षिय रजनीकान्तको कुलीको पहिलो शो हेर्न ६ सयदेखि ४५ सयसम्म टिकट बिक्रि भएको बताइएको छ । उनको फिल्मको रिलिजको अवसरमा ब्ल्याक बजारले पनि उत्सव मनाएको छ ।

डब गरिएको संस्करणको टिकटको मूल्य तमिलनाडुमा मात्र नभई अन्य राज्यहरूमा पनि बढेको बताइएको छ ।

यसैबीच भारतको चेन्नई, बैंगलोर,लगायत ७-८ शहरमा कार्यालय रहेको युनो अक्वा केयर कम्पनिले रजनीकान्तको कुलीको पहिलो शो हेर्न कमर्चारीलाई बिदा दिएको छ । साथै कम्पनीले आफ्ना सबै शाखाका कर्मचारीलाई बिदा मात्र होइन फ्री टिकट समेत व्यवस्था गरेको विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

ऋतिक रोशन र जुनियर एनटीआरको फिल्म वार-२ सँग एकै दिन रिलिज हुन लागेको कुली अग्रिम बुकिंग र फ्यानहरुको क्रेजको हिसाबले धेरै अगाडी देखिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट