Techie IT
२०८२ कार्तिक ३०, आइतबार

‘लभ एण्ड वार’ विवादमा फस्यो भन्साली प्रोडक्सन, बीकानेरमा एफआईआर दर्ता


निर्देशक सञ्जय लीला भन्सालीको रणवीर कपूर, आलिया भट्ट र विक्की कौशल अभिनीत फिल्म ‘लभ एण्ड वार’ घोषणा भएदेखि नै चर्चामा छ। अब भने यस फिल्मसँग जोडिएको ठूलो विवाद सार्वजनिक भएको छ।

रिपोर्टअनुसार, राधा फिल्म्स एण्ड हस्पिटालिटीका सीईओ प्रतीक राज माथुरले भन्साली प्रोडक्सन हाउस र उनका प्रबन्धकविरुद्ध ठगीको आरोप लगाउँदै बीकानेरमा एफआईआर दर्ता गराएका छन्।

एनडीटीभीको रिपोर्टअनुसार, माथुरको कम्पनी फिल्म निर्माण तथा लाइन प्रोडक्सन सेवा दिन्छ। उनका अनुसार, २०२४ नोभेम्बरमा भन्साली प्रोडक्सनका उत्कर्ष बालीले सम्पर्क गरी ‘लभ एण्ड वार’ का लागि लाइन निर्माताको काम दिने प्रस्ताव गरेका थिए। त्यस क्रममा मुम्बई बोलाएर मौखिक सम्झौता गरिएको र राजस्थानमा सम्पूर्ण व्यवस्था गर्नुपर्ने जिम्मेवारी दिइएको थियो। लिखित सम्झौता माग्दा पछि दिइने भनिएको र उनले विश्वास गरेर आफ्नै खर्चमा तयारी सुरु गरेको दाबी गरिएको छ।

तर अचानक इमेलमार्फत भ्रमण रद्द गरिएको जानकारी दिइयो। केही दिनपछि भने भन्साली प्रोडक्सनले उनलाई जानकारी नदिई अर्कै लाइन निर्मातामार्फत राजस्थानमा छायाङ्कन गरिसकेको थाहा पाएको माथुरले बताएका छन्।

माथुरका अनुसार, घाटाको विषय उठाउँदा उनलाई धम्कीसमेत दिइएको हो। उनका अनुसार, उत्कर्ष बालीले भनेका थिए, ‘तिमी हाम्रो पहिलो मुर्गा होइनौ, धेरै देखेका छौँ। धेरै बोल्यौ भने उद्योगमै यस्तो हालत बनाइदिन्छु कि कसैले काम दिनेछैन।’

तर हालसम्म यस विषयमा सञ्जय लीला भन्साली वा उनको प्रोडक्सन हाउसले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट