Techie IT
२०८३ असोज ४, आइतबार

एमालेमा बादलको एकीकृत प्रतिवेदन स्वीकार, नेतृत्वसम्बन्धी विषय हटाइयो


नेकपा एमालेको दसौँ सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा 'बादल' नेतृत्वको कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उपाध्यक्ष थापाद्वारा प्रस्तुत एकीकृत प्रतिवेदनलाई औपचारिक रूपमा ग्रहण गर्ने निर्णय गरेको नेता लेखराज भट्टले जानकारी दिएका छन् ।

पार्टीभित्र विभिन्न मतभेद हल गर्न गठित कार्यदलमा उपाध्यक्ष थापा र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदनको मस्यौदा तयार पारेका थिए। त्यसपछि अर्का नेता प्रदीप ज्ञवालीले समेत तेस्रो प्रतिवेदनको मस्यौदा बनाएका थिए। पछि यी तीनवटै मस्यौदालाई समेटेर एउटै एकीकृत मस्यौदा तयार गरी उपाध्यक्ष थापाले सचिवालय बैठकमा पेस गरेका थिए।

चार महिनाको लामो कसरतपछि तयार पारिएको यो प्रतिवेदन सचिवालयले ग्रहण गरेको नेता भट्टले बताए। उनका अनुसार, प्रतिवेदनमा नेतृत्वसम्बन्धी उठेका सम्पूर्ण विवादित विषयहरू हटाइएको छ।

उक्त प्रतिवेदनमाथि सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा विस्तृत छलफल हुनेछ। केन्द्रीय कमिटी बैठक बस्नुअघि सोमबार बिहान पुनः सचिवालय बैठक बस्ने कार्यसूची तय गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट