Techie IT
२०८३ असार २७, शनिबार

१० करोड कमाउने अनमोलको पहिलो फिल्म ‘जेरी अन टप’


अभिनेता अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ ले देशव्यापी रूपमा १० करोडभन्दा बढीको व्यवसाय गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार फिल्मले प्रदर्शनको १६ दिनसम्म १० करोड ५१ लाख ४८ हजार रुपैयाँ कमाएको छ।

सोही अवधिमा फिल्मका ३ लाख ३३ हजार टिकट बिक्री भएका छन्। बक्स अफिसले कात्तिक १५ गतेसम्मको रिपोर्ट सार्वजनिक गरेको हो।

सुयोग गुरुङ निर्देशित यो फिल्म हिमाल आरोहणको कथामा आधारित छ। फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे र भुवन केसीको पनि प्रमुख भूमिका रहेको छ।

निर्माण युनिटले गत शुक्रबार फिल्मले १० करोड व्यापार पार गरेको खुशीमा केक काट्दै सफलता मनाएको थियो। सो अवसरमा अभिनेता अनमोलले फिल्मको सफलताको श्रेय टिमवर्कलाई दिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट