Techie IT
२०८३ असोज २१, बुधबार

अब एटीएमबाटै १०० का नयाँ नोट पाइने


नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनमार्फत नै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ। केन्द्रीय बैंकको यो निर्देशनपछि मुलुकभरका केही बैंक तथा वित्तीय संस्थाले एटीएमबाटै नयाँ नोट वितरण गर्न थालेका छन्।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार गएको असोज १ गतेदेखि नै राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, विभिन्न प्रादेशिक कार्यालयहरू तथा वाणिज्य बैंकमार्फत सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

तर, भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै यसपटक नयाँ नोट वितरणबारे विगतजस्तो व्यापक प्रचारप्रसार नगरिएको प्रवक्ता पौडेलले स्पष्ट पारेका छन्।

राष्ट्र बैंकले पछिल्ला ४–५ वर्षदेखि चाडपर्वमा नयाँ नोट बजारमा ल्याउने चलनलाई क्रमशः घटाउँदै लगेको छ। गत भदौ ३१ गतेसम्मको तथ्यांक अनुसार वित्तीय प्रणालीमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको मुद्रा चलनचल्तीमा रहेको छ भने दसैँको समयमा यो रकम करिब ८ देखि १० प्रतिशतसम्म बढ्ने राष्ट्र बैंकको अनुमान छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट