Techie IT
२०८३ असोज २१, बुधबार

कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुँदै


नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने भएको छ। महाधिवेशनमा सहभागी हुने ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्नेछन्।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार यसअघि बिहान ७ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणवश तीन घण्टा ढिला गरी मतदान प्रक्रिया अघि बढाइएको हो।

तीन स्थानमा सात मतदान केन्द्र
प्रतिनिधिहरूको सहजता र व्यवस्थापनलाई ध्यानमा राख्दै निर्वाचन समितिले काठमाडौँका तीन भिन्न स्थानमा सातवटा मतदान केन्द्रहरू तोकेको छ ।

राष्ट्रिय सभागृह: बागमती प्रदेशका प्रतिनिधिहरूका लागि।

खुलामञ्च: कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूका लागि।

प्रज्ञा भवन: गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि।

सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिहरूले तोकिएको केन्द्रमा मात्रै मतदान गर्न पाउनेछन्। निर्वाचन समितिले मतदान प्रक्रियालाई व्यवस्थित बनाउन प्रतिनिधिको आधिकारिक परिचयपत्र र मतदाता नामावली रुजु गरेपछि मात्र मतदान कक्षमा प्रवेश दिइने व्यवस्था मिलाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट