सुदूरपश्चिमको ८१ दिनको गत्यावरोध अन्त्य, सरकारले आज साँझ बजेट ल्याउँदै
चालु आर्थिक वर्ष सुरु भएको ८१ दिन बितेपछि सुदूरपश्चिम प्रदेश सरकार अन्ततः बजेट ल्याउने तयारीमा जुटेको छ। लामो समयको अलमल र अनिर्णयको बन्दी बनेको बजेट आज (बुधबार) साँझ ५ बजे प्रदेशसभा बैठकमा पेस हुने भएको छ।
मंगलबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले बजेट प्रस्तुतिका लागि साँझ ५ बजेको समय निर्धारण गर्दै बैठक आह्वान गर्ने निर्णय गरेको हो।
सभामुख भीमबहादुर भण्डारीका अनुसार सरकारको बजेट पेस गर्ने औपचारिक कार्यक्रमका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । निर्धारित समयभन्दा निकै ढिला गरी आउन लागेको यो बजेटलाई प्रदेशको राजनीतिक र प्रशासनिक वृत्तमा चासोका साथ हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस