Techie IT
२०८२ माघ २२, बिहीबार

‘आ बाट आमा’ले दर्शक रुवाएपछि निर्देशक पन्तले मागे माफी


फिल्म ‘आ बाट आमा’का निर्देशक चन्द्र पन्तले आफ्नो चलचित्रले दर्शकलाई भावुक बनाएको भन्दै सार्वजनिक रूपमा माफी मागेका छन्। फिल्मले पुराना पीडा सम्झाइदिएको, धेरै दर्शक रोएको र मानसिक रूपमा असर परेको प्रतिक्रिया आएपछि उनले सामाजिक सञ्जालमार्फत माफी पत्र सार्वजनिक गरेका हुन्।

पन्तले लेखेका छन्, “‘आ बाट आमा’ हेर्नुहुने सम्पूर्ण दर्शकहरूलाई हामी सरी भन्न चाहन्छौँ। हाम्रो फिल्म हेरेर तपाईहरू धेरै रुनुभयो, भक्कानिनुभयो र पुराना पीडाहरू सम्झेर मन दुखाउनुभयो। कतिपय दर्शकहरू फिल्म हेर्दाहेर्दै बेहोस हुनुभएको, कोही बिरामी पर्नुभएको र धेरैलाई मानसिक रूपमा गाह्रो भएको खबर हामीले पायौँ। हाम्रो उद्देश्य कसैलाई रुवाउने वा चोट पुर्‍याउने पक्कै थिएन।”

उनले कथा धेरैको आफ्नै जीवनसँग जोडिँदा भावनात्मक असर परेको हुन सक्ने उल्लेख गर्दै थपे, “जब फिल्मको कथा आफ्नै जीवनको कथा जस्तो लाग्छ, तब मन थाम्न धेरै गाह्रो हुँदो रहेछ। तपाईँको मन दुखेकोमा हामी माफी चाहन्छौँ।”

निर्देशक पन्तले माफीसँगै फिल्म हेर्ने सबै दर्शकलाई धन्यवाद पनि दिएका छन्। ‘आ बाट आमा’ आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, विशाल पहाडी, रवीन्द्र झा, साईग्रेस पोखरेल, सिम्रन पन्त, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), उषा उप्रेती र दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट