Techie IT
२०८२ माघ २४, शनिबार

वरिष्ठ कलाकार सुनील थापाको निधन, नेपाली फिल्म क्षेत्र शोकमा


वरिष्ठ कलाकार सुनील थापाको आज बिहान निधन भएको छ। हृदयाघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिँदै गर्दा बाटोमै निधन भएको नर्भिक अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले जानकारी दिएका छन्।

कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार थापाको परिवार हाल नेपालमा छैन। उनकी श्रीमती र छोरा मुम्बईमा बस्दै आएका छन्। निरौलाले भने, ‘उहाँहरू आइपुग्नुभएपछि मात्रै औपचारिक रूपमा निधनको घोषणा गर्ने तयारी परिवारको छ।’

आधिकारिक घोषणा भएपछि मात्र श्रद्धाञ्जली तथा अन्तिम संस्कारसम्बन्धी कार्यक्रम तय गरिने उनले बताए।

भिडियो फिल्म मसाल बाट नेपाली चलचित्रमा प्रवेश गरेका थापा चलचित्र चिनो मा निभाएको ‘राते काइला’को भूमिकाबाट विशेष रूपमा परिचित छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट