Techie IT
२०८२ चैत्र १९, बिहीबार

थापाको निधनमा भावुक बनिन् बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपरा


बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपराले वरिष्ठ कलाकार सुनिल थापाको निधनप्रति सामाजिक सञ्जालमार्फत भावुक श्रद्धाञ्जलि अर्पण गरेकी छन् । थापाको निधनले आफूलाई गहिरो पीडा पुगेको उल्लेख गर्दै उनले उनलाई जीवनभर नबिर्सिने बताएकी छन् ।

प्रियंकाले फेसबुकमा फिल्म ‘मेरी कोम’ का क्रममा थापासँग खिचिएको एक भिडियो पोस्ट गर्दै लेखेकी छन्, “तपाईं सधैं मेरा कोच सर नै रहनुहुनेछ । मैले बाबालाई गुमाएको त्यो कठिन समयमा तपाईंले मलाई सम्हाल्नुभयो । थाहा नपाउँदै पनि तपाईंले मलाई माया गर्नुभयो र धेरै अप्ठ्यारा दिनहरू पार गर्न सहयोग गर्नुभयो ।”

उनले थापाको न्यानो अँगालो र हाँसो सधैं आफ्ना सम्झनामा जीवित रहने उल्लेख गर्दै अत्यन्तै कम उमेरमै उनको निधन भएकोप्रति दुःख व्यक्त गरेकी छन् । “म टुटेको बेला देखाउनुभएको तपाईंको दयालुता र साथका लागि हृदयदेखि धन्यवाद,” भन्दै प्रियंकाले स्वर्गीय थापाप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । साथै, उनले थापाको परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना र प्रार्थना व्यक्त गरेकी छन् ।

सुनिल थापा र प्रियंका चोपरा सन् २०१४ मा प्रदर्शन भएको बलिउड फिल्म ‘मेरी कोम’ मा सँगै काम गरेका थिए । उक्त फिल्ममा थापाले प्रियंकाको कोचको भूमिका निर्वाह गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट