एक्टिङ स्टार’ रियालिटी शो अब एपीवानमा

टेलिभिजन रियालिटी शो ‘एक्टिङ स्टार’ जेष्ठ १५ गते बिहिबारदेखि प्रसारण हुने भएको छ ।
महक मिडिया नेटवर्क आयोजक रहेको कार्यक्रम एपीवान टेलिभिजन र ओएसआरको युटुब च्यानलमा बिहिबार ९ बजे प्रसारण हुनेछ । केहि महिना अघि नै डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगीता सुरु गरेको रियालिटी शो ‘एक्टिङ स्टार’ले प्रि– जज अडिसन सम्पन्न गरी फिजिकल अडिसन गराइराखेको छ ।
एक्टिङ स्टारको निर्णायकमा अभिनयका बादशाह भनेर चिनिने निर शाह, अनुप बराल र ऋचा शर्मा रहेका छन् । यस शो मा सहभागी हुनको लागी बाल कलाकार, युवा कलाकारको साथ साथै बृद्दहरले समेत अत्यन्तै रुचाएका छन् ।
अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले ल्याउन लागिएको यो शोको नेपालका अन्य कमेडी च्याम्पिएन, कमेटी नाइट्स जस्ता रियालिटी शोको निर्देशन गरिसकेका निर्देशक बिशाल भण्डारीले निर्देशकको काम गर्नेछन् ।
नेपालमा विभिन्न क्षेत्रका रियालीटि शो दर्शकहरुको रोजाइमा परिरहेको अवस्थामा अन्य भन्दा फरकपनका साथ एक्टिङ रियालिटी शो आउन लागेको हो । ‘एक्टिङ स्टार’को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ। ‘एक्टिङ स्टार’को विजेताले नगद पुरस्कार राशीसहित फिचर सिनेमामा काम गर्ने अवसर पाउनेछन् ।
तपाईको प्रतिक्रिया दिनुहोस