Techie IT
२०८२ जेष्ठ २०, मंगलबार

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म


आमिर खान लामो समयपछि फिल्ममा कमब्याक गर्दैछन् । ‘लाल सिंह चड्डा’ फ्लप भएपछि उनका फ्यानहरू उनलाई पुनः पर्दामा हेर्न उत्साहित छन् । अब उनी ‘सितारे जमीं पर’ मार्फत दर्शकमाझ आउँदैछन्, जसको ट्रेलर केही समयअघि रिलिज भएको थियो र दर्शकहरूले निकै रुचाएका थिए ।

उनको ड्रीम प्रोजेक्ट ‘महाभारत’ पनि चर्चामा छ । हालै राज शामानीलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो लभ लाइफ, फिल्म करियर, र अन्तिम फिल्मको बारेमा खुलासा गरेका छन् । उनले भनेका छन् कि ‘सितारे जमीं पर’ रिलिज भएपछि जुन २० बाट ‘महाभारत’को काम सुरु गर्नेछन् ।

आमिरले महाभारतलाई आफ्नो सबभन्दा ठूलो परियोजना भनेका छन् । उनले भने, “यो फिल्म यति विशाल छ कि यसपछि मलाई लाग्न सक्छ, अब मसँग गर्ने केही बाँकी छैन ।”  महाभारत उनको अन्तिम फिल्म हुन सक्छ भन्ने उनले संकेत गरेका छन् ।

‘सितारे जमीं पर’ बाहेक, आमिर सनी देओलको फिल्म ‘लाहोर १९४७’ मा पनि देखिनेछन् । साथै, महाभारतमा अल्लु अर्जुनको सहभागिताको चर्चा चलेको छ । यस फिल्ममा आमिरले भगवान कृष्णको भूमिका निर्वाह गर्ने बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट