Techie IT
२०८२ जेष्ठ २८, बुधबार

रणवीर कपुर र आलिया भट्ट चाँडै नयाँ बंगला ‘रणवीर कपूर आलिया भट्ट हाउस’ मा सर्दै


बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट चाँडै आफ्नै नयाँ बंगला “रणवीर कपूर आलिया भट्ट हाउस” मा सर्ने तयारीमा छन् । हाल उनीहरू मुम्बईस्थित वास्तु अपार्टमेन्टमा बस्दै आएका छन्, जहाँ उनीहरूको विवाहसमेत सम्पन्न भएको थियो ।

विगत केही वर्षदेखि निर्माणाधीन रहेको यो नयाँ बंगला अहिले अन्तिम चरणमा पुगेको छ । हिन्दुस्तान टाइम्सका अनुसार घरको फिनिसिङ काम मात्रै बाँकी रहेको र आगामी एक–दुई महिनाभित्र उनीहरू त्यहाँ सर्ने तयारीमा छन् ।

यो घर आलिया र रणवीरको विशेष रुचिअनुसार डिजाइन गरिएको हो । उनीहरूले रणवीरकी आमा नीतु कपुरसँग मिलेर घरको निर्माणमा सक्रिय सहभागिता जनाएका थिए । कपूर परिवार स्वयं समय–समयमा निर्माण स्थलमा पुगेर निरीक्षण गर्दै आएको बताइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बंगला अत्यन्त भव्य र हरियालीले भरिएको देखिन्छ । छतको बगैचा, बालकनीको हरियाली, रुख–बिरुवाले दम्पतीको प्रकृतिप्रेम झल्किन्छ। उक्त बंगला करिब ₹२५० करोड मूल्य बराबरको भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो बंगला कपूर परिवारकै ऐतिहासिक सम्पत्तिसँग जोडिएको छ । यिनै स्थानमा कहिल्यै बिर्सन नसकिने बलिउड आइकन राज कपूर र उनकी पत्नी कृष्णा राज कपूर बस्ने गर्थे । पछि यो सम्पत्ति नीतु कपूर र दिवंगत अभिनेता ऋषि कपूरलाई हस्तान्तरण गरिएको थियो।

अब भने रणवीर र आलिया आफ्नी छोरी राहासँग यही ऐतिहासिक थलोमा बसोबास गर्दै नयाँ अध्याय सुरु गर्न लागेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट