Techie IT
२०८२ भाद्र १७, मंगलबार

नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा


 निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को औपचारिक घोषणा भएको छ । लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाले पटकथा लेख्नेछन् भने श्रीधर पौडेल कार्यकारी निर्माता हुनेछन् ।

पत्रकारिता पृष्ठभूमिबाट आएका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालमा निर्माण भएको फिल्म **‘गोपी’**पछि पहिलोपटक फेरि सहकार्य हुन लागेको हो ।

हालसम्म फिल्मका लागि राज कटवाल मात्र फाइनल कलाकारको रूपमा घोषणा भएका छन् । उनले पछिल्लो पटक फिल्म ‘नरसिंह अवतार’ मा अभिनय गरेका थिए । निर्देशक लामाका अनुसार अन्य कलाकारको चयन प्रक्रियामा छलफल भइरहेको छ ।

“फिल्मको पटकथामा सुहाउँदो भएकाले कटवाललाई अनुबन्धित गरेका हौं, बाँकी कलाकार पनि कथा र चरित्रअनुसार छान्ने योजना छ,” निर्देशक लामाले भने ।

‘घामपानी’बाट निर्देशन यात्रा सुरु गरेका लामाले यसअघि ‘दुखी आत्मा’सहित ६ वटा फिल्म निर्देशन गरिसकेका छन्। ‘मुनामदनको ब्रेकअप’लाई उनले मनोरञ्जक शैलीमा तयार पार्ने बताएका छन् ।

फिल्मका लेखक तिमल्सेनाले यो फिल्म ग्रामीण परिवेशमा आधारित फरक स्वादको प्रेमकथा हुने बताएका छन् ।

“पछिल्लो समय हेरिँदै आएकाभन्दा भिन्न स्वभावको प्रेमकथा प्रस्तुत गर्नेछौं,” उनले भने, “दर्शक हलसम्म तान्न कठिन छ, त्यसैले पटकथामा विशेष मेहनत गर्नेछौं।”

अभिनेता कटवालले यो फिल्मप्रति आफू निकै उत्साहित भएको बताए। “अघिल्ला फिल्मभन्दा यसमा थप परिष्कृत देखिन प्रयास गर्दैछु,” उनले भने, “भूमिका चुनौतीपूर्ण छ।”

कार्यकारी निर्माता श्रीधर पौडेलका अनुसार फिल्म कास्कीको ग्रामीण भेगमा छायांकन गरिनेछ। “पटकथा र प्रिप्रोडक्शन तयार भएपछि मात्रै छायांकन सुरु गर्नेछौं,” उनले भने, “हामी राम्रो प्रोडक्ट दिन धैर्यका साथ काम गर्छौं।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट