Techie IT
२०८३ असोज २८, बुधबार

हेटौँडामा ट्रकको ठक्करबाट तामाङको मृत्यु


मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ एचआइडीका ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार आज बिहान पूर्वपश्चिम राजमार्गमा हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना४२प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ९४२४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले दुर्घटना गराउने ट्रक र मोटरसाइकलसहित चालक सर्लाहीको धनकौल गाउँपालिका–१ निवासी ४४ वर्षीय नागेश्वर महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट