किन ढिलो भयो त्रिविमा उपकुलपति नियुक्ति ?

त्रिभुवन विश्वविद्यालय डेढ महिनादेखि उपकुलपति विहीन छ । पूर्व उपकुलपति केशरजंग बरालले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको असहयोग र हस्तक्षेपको आरोप लगाउँदै गत चैत १५ गते राजीनामा दिएका थिए । बराललाई ४ वर्षका लागि नियुक्त गरिए पनि उनले बाध्य भएर १३ महिनामै पद त्यागे। तर त्यसयता नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अघि नबढ्दा त्रिविमा नेतृत्व रिक्त रहेको छ ।
त्रिवि ऐनअनुसार उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन हुनुपर्छ । उक्त समितिले खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवारको छनोट गरी सिफारिस गर्ने व्यवस्था छ । तर अहिलेसम्म सिफारिस समिति गठनसमेत गरिएको छैन ।
विस्तृत तलको भिडियोमा
तपाईको प्रतिक्रिया दिनुहोस