Techie IT
२०८२ असार ३, मंगलबार

ओलम्पिक पदक खोसिएकी पोगात बनिन् काश्मिरकी सांसद

जुलाई महिनामा पेरिसमा भएको ओलम्पिक खेलकुदमा विवादका कारण फाइनल खेल अघि नै खेल त्याग्न बाध्य भइ पदक गुमाएकी कुश्तीवाज भिनेस पोगातले जम्मु काश्मीरको


जुलाई महिनामा पेरिसमा भएको ओलम्पिक खेलकुदमा विवादका कारण फाइनल खेल अघि नै खेल त्याग्न बाध्य भइ पदक गुमाएकी कुश्तीवाज भिनेस पोगातले जम्मु काश्मीरको जुलाना राज्यबाट विधान सभा निर्वाचनमा सफलता पाएकी छिन्। 

काङ्ग्रेसकी उम्मेदवार पोगातले भारतीय जनता पार्टीका योगेश कुमारलाई ६,०१५ मतान्तरले हराएकी हुन्।सन् २००५ यता काङ्ग्रेसले सफलता नपाएको सो राज्यमा चुनाव जित्ने उनी पहिलो महिला कुश्तीवाज बनिन्।विधान सभा निर्वाचनमा जम्मु एन्ड काश्मीर नेसनल कन्फरेन्स (जेकेएनसी)ले सबैभन्दा धेरै ४२ सिट जितेको छ, जबकि भाजपाले २९ र काँग्रेसले ६ सिटमा जित हासिल गरेको छ। 

जेकेएनसी र काँग्रेसको गठबन्धनले सरकार बनाउन सफल भएको छ।हरियाणामा, भाजपाले ४८ सिटमा जित हासिल गर्दै एकल सरकार बनाएको छ, जबकि काङ्ग्रेसले ३७ सिटमा सफलता पाएको छ। धेरै सर्वेक्षणहरूले काङ्ग्रेसको सफलता भविष्यवाणी गरेका थिए, तर भाजपाले तेस्रो स्थानमा रहँदै सरकार गठन गर्न सफल भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट