Techie IT
२०८२ माघ १८, आइतबार

भारत द्वारा नेपाललाई पुलका स्टील पार्टपुर्जा सहयोग

भारत सरकारले नेपाल सरकारलाई दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण गरेको छ।


भारत सरकारले नेपाल सरकारलाई दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण गरेको छ। यी पुलहरूले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न नेपालका पुनर्निर्माण प्रयासमा सहयोग पुर्याउनेछन्।

भारत सरकारले ३८ करोड रुपैयाँभन्दा बढीको मूल्यमा यी पुलहरू अनुदानको रूपमा उपलब्ध गराएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ। ती पार्टपुर्जा वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बुधबार साँझ हस्तान्तरण गरिन्।  प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका बाँकी खेप भविष्यमा उपलब्ध गराइने जानकारी पनि दिइएको छ।

बाढी र पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न भारतले हालै २५ टनभन्दा बढीको राहत सामग्री, जस्तै अत्यावश्यक सरसफाई सामग्री, औषधि, लाइफ ज्याकेट, स्लीपिङ म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल उपलब्ध गराएर मानवीय सहयोग गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट