जीवित देवी कुमारीलाई दर्शनका लागि दरबार परिसरको मूलचोकमा राखियो

File photo
काठमाडौँ, २४ असोज,
हनुमान ढोका स्थित प्रसिद्ध देवी तलेजु भवानीलाई विधि विधानपूर्वक दरबार परिसरको मूल चोकमा राखिएको छ। जीवित देवी कुमारीलाई कालरात्रिका दिन दर्शन गराउन तान्त्रिक विधिबाट विशेष बाजागाजासहित मन्दिरबाट मूलचोकमा राखिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष फूलपातीका दिन शुभ साइत पारेर सारिएकी देवीलाई पूजा गरेपछि दशमीका दिन फेरि तलेजु मन्दिरमा लगेर विराजमान गराइने प्रचलन छ ।
दशमीका दिन मन्दिरमा फर्काएपछि विजयादशमीको टीका सुरु गरिने जनाइएको छ । तलेजु भवानी मन्दिर प्रत्येक वर्ष महानवमीका दिन मात्रै पूजा आराधनाका लागि खुला गरिन्छ । तलेजुलाई सन् १३२२ मा हरि सिंहदेवले सिम्रौनगढबाट काठमाडौँ उपत्यकामा ल्याएको इतिहास छ ।
रासस
तपाईको प्रतिक्रिया दिनुहोस