सुनको भाउ तोलामा ६ हजारले घट्यो, कतिमा हुँदै छ कारोवार ?
नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। आज सुन प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदी तोलामा १०५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस