Techie IT
२०८२ असार ३, मंगलबार

बुर्तिबाङ–म्याग्दी सडकको कालोपत्र कार्य सम्पन्न

बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिकालाई जोड्ने सडकको कालोपत्र कार्य सुरु गरिएको छ।


बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिकालाई जोड्ने सडकको कालोपत्र कार्य सुरु गरिएको छ। बागलुङको बुर्तिबाङ–तमानखोला हुँदै म्याग्दी जडान गर्ने सडकको कालोपत्र प्रक्रिया हालै थालिएको हो।

सडकको ट्र्याक २०७० सालमा खुल्दा, २०७६ सालमा ग्राभेलिङ गरिएको थियो, तर त्यसपछि कालोपत्र हुन सकेको थिएन। लामो समयसम्म ग्राभेल गरिएको सडक हिलाम्मे र धुलाम्मे भएकोले यात्रुहरूले सास्ती झेल्नुपरिरहेको थियो। तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरका अनुसार, यो सडकले म्याग्दीको पहिलो पटक जडान हुँदैछ।

अध्यक्ष बुढामगरले पालिकाको बजेट निकै सीमित भएकाले कालोपत्र गर्न नसकिएको बताए। तर, प्रदेश सरकारले यस वर्ष बजेट विनियोजन गरेर काम अघि बढाएको छ। सडक निर्माणको क्रममा यहाँका हजारौं नागरिकले कच्ची सडकमा यात्रा गर्न बाध्य थिए। बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्मको सडकमा चार वर्ष अगाडि मात्र दुईवटा पुल बनेका थिए, जसका कारण अहिले बाह्रै महिना पालिकाको केन्द्रसम्म यातायात सञ्चालन भइरहेको छ।

कालोपत्रका लागि पूर्वधार विकास कार्यालय बागलुङले बोलपत्र आह्वान गरिसकेको छ र एसी कन्स्ट्रक्सनलाई यो जिम्मा दिइएको छ। निर्माण कम्पनीले १२ करोड ७४ लाखको ठेक्कामा यो काम लिएको छ। गण्डकी प्रदेश कार्यालयले यस वर्ष मात्र तीन करोडको बजेट विनियोजन गरेको छ। बहुवर्षे ठेक्काअन्तर्गत यो आयोजना २०८३ सालको साउन १९ गतेभित्र सम्पन्न गर्नेगरी एसी कन्स्ट्रक्सनलाई जिम्मा दिइएको छ। काम यसै सातादेखि सुरु भएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट