Techie IT
२०८३ कार्तिक १४, शुक्रबार

सञ्चारकर्मीमाथिको धरपकड अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्ति - एमाले


प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सादा पोसाकका प्रहरी परिचालन गरी सञ्चारगृहबाटै पत्रकारहरूलाई नियन्त्रणमा लिने र धरपकड गर्ने सरकारको कदमप्रति कडा आपत्ति जनाउँदै त्यसलाई 'अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक' भनेको छ।

शुक्रबार प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यद्वारा जारी विज्ञप्तिमा सरकारले सञ्चार माध्यममा छापा मारी भय र त्रासको वातावरण सिर्जना गरेको भन्दै यस्तो घोर निन्दनीय कार्य तत्काल रोक्न माग गरिएको छ। 

प्रेस स्वतन्त्रता लोकतन्त्रको मुख्य आधारस्तम्भ भएको र मिडियामाथिको नाङ्गो हस्तक्षेपले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य-मान्यतामाथि नै गम्भीर प्रहार गरेको एमालेको ठहर छ। राज्यका निकायहरू कानुनको शासनभित्र रहनुपर्नेमा स्वयं सरकार नै दमनमा उत्रिनु चिन्ताजनक रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “कानुनको शासनका नाममा कानुनको उल्लङ्घन, सुशासनका नाममा दमन र लोकतन्त्रका नाममा निरङ्कुशता कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट