Techie IT
२०८२ असार ३, मंगलबार

तीन पूर्व क्रिकेटरलाई ‘आईसीसी हल अफ फेम’ मा समावेश

आईसीसीले तीन पूर्व क्रिकेटरलाई ‘आईसीसी हल अफ फेम’ सम्मान प्रदान गरेको छ।


आईसीसीले तीन पूर्व क्रिकेटरलाई ‘आईसीसी हल अफ फेम’ सम्मान प्रदान गरेको छ। बुधबारको घोषणा अनुसार, दक्षिण अफ्रिकाका एबी डिभीलियर्स, इङल्याण्डका एलस्टर कुक र भारतकी नितु डेभिडलाई यो सम्मान प्राप्त भएको हो।

डिभीलियर्सले ११४ टेस्ट, २२८ एकदिवसीय र ७८ टी-२० खेलमा भाग लिएका छन्, जसमा उनले टेस्टमा ८,७६५, एकदिवसीयमा ९,५७७ र टी-२० मा १,६७२ रन बनाएका छन्।

इङ्ग्ल्याण्डका कुकले १६१ टेस्टमा १२,४७२ रन, ९२ एकदिवसीयमा ३,२०४ रन र ४ टी-२० मा ६१ रन बनाएका छन्।

भारतकी नितु डेभिडले १० टेस्टमा ४१ विकेट र ९७ एकदिवसीयमा १४१ विकेट लिएकी छन्।

आईसीसी हरेक वर्ष विशेष योगदान गरेका क्रिकेटरलाई यो सम्मान दिन्छ। हालसम्म ११५ क्रिकेटरले ‘आईसीसी हल अफ फेम’मा स्थान पाएका छन्। सर्वाधिक ३३ इङ्ग्ल्याण्डका, २९ अस्ट्रेलियाका, २१ वेस्ट इन्डिजका, १० भारतका, ७-७ पाकिस्तान र दक्षिण अफ्रिकाका, ४ श्रीलंकाका, ३ न्युजिल्याण्डका र १ जिम्बाबेका खेलाडी यसमा समावेश छन्।

आईसीसीले २००९ देखि ‘आईसीसी हल अफ फेम’ सम्मानको घोषणा गर्दै आएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट