प्रचण्डको नेतृत्वमा प्रतिपक्षी दलहरूको बैठक जारी
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बोलाएको प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी छ।
यो बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, मंसिरमा हुने उपनिर्वाचन, र सरकारका कामकारवाही लगायत महत्त्वपूर्ण विषयहरूमा छलफल गरिनेछ।
बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, लोसपा नेपाल लगायतका दलहरूको शीर्ष नेतृत्वको सहभागिता रहेको छ। यस बैठकको प्रमुख उद्देश्य विभिन्न दलहरू बीचको एकता र समन्वयलाई मजबुत पार्नु र आगामी उपनिर्वाचनमा साझा रणनीति बनाउनका लागि सहमति कायम गर्नु हो।
यो पनि पढ्नुहोस



तपाईको प्रतिक्रिया दिनुहोस