Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

लामिछाने पक्राउ परेका बारे प्रहरीद्वारा सभामुखलाई औपचारिक पत्राचार


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेलाई ठगी र संगठित अपराध अभियोगमा प्रहरीले पक्राउ गरेको छ। कास्की जिल्ला अदालतको आदेशपछि पक्राउ गरिएका लामिछानेको बारेमा सभामुख देवराज घिमिरेलाई औपचारिक जानकारी गराइएको छ।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले शुक्रबार नै पत्रमार्फत सभामुख घिमिरेलाई लामिछानेको पक्राउको जानकारी गराएका हुन्। पत्रमा भनिएको छ, “कास्की जिल्ला अदालतको अनुमति अनुसार ठगी र संगठित अपराध अभियोगमा पक्राउ गरिएका रवि लामिछाने प्रतिनिधिसभा सदस्य रहेका हुनाले नेपालको संविधानको धारा १०३ अनुसार सभामुखलाई जानकारी गराइन्छ।”

सहकारी ठगी र संगठित अपराधको आरोप

लामिछानेमाथि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा पूर्वअध्यक्ष गितेन्द्रबाबु राईसँग मिलेर सहकारी रकम अपचलन गरेको आरोप छ। कृष्णप्रसाद जैसीलगायतले दायर गरेको जाहेरीमा ठगीमा लामिछानेको संलग्नता रहेको प्रमाण प्रहरी प्रतिवेदनले देखाएको छ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले गितेन्द्रबाबु राईसँग मिलेर संगठित रूपमा सहकारी रकम दुरुपयोग गरेको संसदीय छानबिन विशेष समितिको निष्कर्ष रहेको छ।

अदालतको आदेशपछि पक्राउ

कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई शुक्रबार पक्राउ गर्न अनुमति दिएको थियो। प्रहरीको माग अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ अनुमति पाएपछि कास्की प्रहरीले सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, र जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पत्राचार गरेर लामिछानेलाई पक्राउ गर्न निर्देशन दिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट