Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गरिने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा छानबिन हुने भएको छ। कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएपछि प्रहरी अधिकारीहरूले उनलाई पक्राउ गरेर पोखरा लिने भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गर्दै लामिछानेविरुद्धको अनुसन्धानको जानकारी दिएका हुन्।

पत्राचारमा कृष्णप्रसाद जैसीलगायतका व्यक्तिहरूद्वारा दर्ता गरिएको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा सहकारी ऐनले परिभाषित गरेको ठगी र संगठित अपराधका मुद्दामा लामिछानेलाई पक्राउ गर्न अनुमति दिइएको उल्लेख छ। पक्राउ अनुमति जारी भएसँगै लामिछानेलाई कास्की प्रहरी कार्यालयमा पठाउन अनुरोध गरिएको छ।

यो मुद्दामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराका पूर्वअध्यक्ष तथा सञ्चालक गितेन्द्रबाबु राईसमेत प्रतिवादीका रूपमा समावेश छन्। सहकारी रकम अपचलन र संगठित रूपमा ठगीको आरोपका कारण यो मुद्दा गम्भीर बनेको छ, जसमा रवि लामिछानेमाथि समेत अनुसन्धानको प्रक्रिया सुरु भएको हो।

संगठित अपराध र ठगी मुद्दामा छानबिन

रवि लामिछानेमाथि सहकारी ऐन, २०७४ अन्तर्गत ठगी र संगठित अपराध निवारण ऐन, २०६४ अन्तर्गत अभियोग लगाइएको छ। यस मुद्दामा प्रहरी अधिकारीहरूले गहन अनुसन्धान गर्नुपर्ने बताउँदै, लामिछानेमाथि संलग्नता प्रमाणित भएमा कडा कारबाही हुन सक्ने बताएका छन्।

यो मुद्दा रवि लामिछानेका लागि गम्भीर मोडको रूपमा देखिएको छ। सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दाहरू गम्भीर अपराध मानिने भएकाले यो प्रकरणले उनको राजनीतिक जीवन बाटै विदाहुनु पर्ने हुनसक्छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट