Techie IT
२०८२ पौष १, मंगलबार

थुनुवा मृत अवस्थामा फेला

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनुवामा रहेका ४५ वर्षीय महमद क्यामोदिन मृत अवस्थामा फेला परेका छन्।


सांकेतिक

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनुवामा रहेका ४५ वर्षीय महमद क्यामोदिन मृत अवस्थामा फेला परेका छन्। उनी आपराधिक लाभ कसुर मुद्दामा कात्तिक १ गते पक्राउ परेका थिए।

आज बिहान बाथरुमको ढोकाको छेउमा अचेत अवस्थामा भेटिएका क्यामोदिनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार, उनलाई बिहान ६ बजे मृत घोषणा गरियो। क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट