Techie IT
२०८३ श्रावण ९, शनिबार

क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ : विप्लव


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले क्रान्तिकारी र प्रगतिशील शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताएका छन्।

आज दाङको देउखुरीमा आयोजित अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै विप्लवले वर्तमान राजनीतिक घटनाक्रमले समाजवादी आन्दोलनलाई नजिक्याउँदै लगेकोले प्रगतिशील शक्तिहरूले हातेमालो गर्न जरुरी भएको बताए।

महासचिव विप्लवले शिक्षकको भूमिका जनवादी र प्रगतिशील आन्दोलनमा विशेष रहेको उल्लेख गर्दै शिक्षकहरूले समाजवादी अभियानको बहस देशभर विद्यार्थीमार्फत अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट