Techie IT
२०८२ फागुन २९, शुक्रबार

विश्वकप एसिया छनोट खेलका लागि महिला क्रिकेट टोलीको घोषणा


Photo: CAN

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलका लागि आज १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

आगामी नोभेम्बर ४ देखि १४ तारिखसम्म संयुक्त अरब इरिमेट्स (युएई) मा हुने उक्त छनोट प्रतियोगिताको लागि पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । त्यसैगरी छनोट हुने टोलीको अन्य सदस्यीयमा सोनी पाख्रिन उपकप्तान, अलिसा यादव, साना प्रविन, ज्योत्स्निका मरासैनी, कुसुम गोदार, सावित्रा धामी, करिस्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, सिमना केसी, स्नेहा महरा, रचना चौधरी र तिर्सना विक छन् ।

उक्त छनोट प्रतियोगितामा आयोजक युएईसँगै नेपाल, कुबेत र थाइल्याण्ड सहभागी हुनेछन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट