Techie IT
२०८२ असार ४, बुधबार

दयाहाङ राई अभिनित 'कार्साङ' को छायांकन सम्पन्न


अभिनेता दयाहाङ राई र नवअभिनेत्री सिर्जना निङ्लेखु अभिनित फिल्म 'कार्साङ' को छायांकन मंगलबार सम्पन्न भएको छ। यम शेर्पा निर्देशित यस फिल्मको छायांकन सिन्धुपाल्चोकको बाह्रबिसे, भोटेकोशीलगायत क्षेत्रमा विगत २२ दिनदेखि चलिरहेको थियो।

छायांकन समयमै र सहज रूपमा सकिएपछि निर्देशक शेर्पाले अब पोस्ट प्रोडक्सनको काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनले भने, "सोचेजस्तै भयो भने चाँडै प्रदर्शन मिति तोकेर अघि बढ्नेछौं।"

फिल्ममा मुख्य भूमिकामा दयाहाङ राई र सिर्जना निङ्लेखु रहेका छन्। यसका साथै जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पा लगायत कलाकारहरूको पनि अभिनय रहेको छ।

'कार्साङ' फिल्मको प्रदर्शन मिति भने अझै तोकिएको छैन। फिल्म निर्माण टोलीले पोस्ट प्रोडक्सनको काम सकेपछि प्रदर्शन मिति घोषणा गर्ने जनाएको छ। यो फिल्म नेपाली चलचित्र क्षेत्रमा चाख लगाएर हेरिएको छ, विशेषगरी दयाहाङ राई र नवअभिनेत्री सिर्जना निङ्लेखुको जोडीलाई लिएर दर्शकहरू उत्सुक रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट