Techie IT
२०८३ श्रावण १३, बुधबार

राष्ट्र बैंकले १०० रूपैयाँको ३० करोड नोट छाप्दैँ, एक अर्ब २० करोड रूपैयाँ लागत


राष्ट्र बैंकले एक सय रूपैयाँको ३० करोड नोट छपाइका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ। चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले सबैभन्दा कम लागतमा बिड गरेपछि यसै कम्पनीलाई यो टेन्डर प्रदान गरिएको हो।

नोट छपाइ, डिजाइन, र डेलिभरी कार्यहरू समेत समेट्ने गरी यो टेन्डर अन्तर्गत ३० करोड वटा एक सय रूपैयाँको नोट छाप्न कम्पनीले करिब ८९ लाख ९६ हजार पाँच सय ९२ अमेरिकी डलरमा बिड गरेको थियो। 

यो बिडको लागत आजको विनिमय दरअनुसार (रूपैयाँ एक सय ३४.२४ प्रति डलर) करिब एक अर्ब २० करोड रूपैयाँ हुन आउँछ। यस आधारमा एक सयको प्रति नोट लागत चार रूपैयाँ दुई पैसा हुने भएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार नयाँ नोटहरूको आपूर्ति सुनिश्चित गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरेको हो। यो प्रक्रिया अन्तर्गत चिनियाँ कम्पनीले गुणस्तरीय नोट छपाइ तथा सुरक्षित डिजाइन प्रदान गर्ने दायित्व लिनेछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट