एमाले नेतृत्वको 'तानाशाही शैली'को प्रतिवाद गरौं - भीम रावल
नेकपा एमालेका वरिष्ठ नेता भीम रावलले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमा विरोध गरेका छन्। सामाजिक सञ्जालमार्फत रावलले सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूमाथि बिना बैठक र छलफल स्पष्टीकरण मागिएकोप्रति आपत्ति प्रकट गरेका छन्।
रावलले यो कार्यलाई एमालेको जबज, परम्परा, र संवैधानिक हक विपरीत भएको दाबी गरेका छन्। साथै, पार्टी नेतृत्वको 'तानाशाही शैली' विरुद्ध न्यायप्रेमी, इमानदार, र सिद्धान्तनिष्ठ सदस्यहरूलाई विरोध र प्रतिवादमा उत्रन आग्रह गरेका छन्। "पदको दुरुपयोग गर्दै धम्की दिने गलत कार्यको सबैले विरोध गरौँ," उनले आफ्नो फेसबुक पोस्टमा भनेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस