धनतेरसमा सुन व्यवसायीको उत्साहको कमी, जनकपुरधाममा चहलपहल थमियो
सुनको भाउ निरन्तर बढिरहँदाजनकपुरधाममा गरगहनाको मागमा कमी आएको छ, जसको असर सोनरपट्टी बजारमास्पष्ट देखिएको छ।
सुनको भाउ निरन्तर बढिरहँदाजनकपुरधाममा गरगहनाको मागमा कमी आएको छ, जसको असर सोनरपट्टी बजारमास्पष्ट देखिएको छ। एक हप्ताअघि ठूलो तामझामका साथसजिएका पसलहरूमा ग्राहकको भीड उत्साहजनक छैन, एक सुन व्यवसायीले बताए।
सुनको मूल्य तोलामा १ लाख ४५हजार ४ सय रुपैयाँपुगेपछि जनकपुरधामको बजारमा सुनको माग घटेको छ।बडादसैँ, दीपावली, र छठ पर्वमाविशेष बिक्री हुने सुनचाँदीको गरगहनायसपालि अत्यावश्यक खरिद बाहेकका उपभोक्तालेकिन्ने गरेको बताइएको छ।
महँगो मूल्यका कारण धनतेरसमा पनिसुनचाँदी व्यवसायीमा उत्साहको कमी आएको छ।व्यवसायी अमरनाथ साहका अनुसार, सामान्यतया तिहारमा ठूलो मात्रामा सुनचाँदीबिक्री हुने गर्छ, तरयसपटक भने मागमा गिरावटआएको छ।
सुनचाँदी व्यवसायी महासङ्घका महासचिव मनिष रमण साहलेतिहारको लागि तयारी गरेपनि उत्साहजनक अवस्था नभएको बताए। उनले भने, “सुनकोमहँगो मूल्य र खस्कदो अर्थतन्त्रलेगर्दा ग्राहकहरूले खरिदमा चासो देखाएका छैनन्।”
पछिल्लो वर्ष दैनिक ४०-५० किलोग्राम खपतहुने सुनको वर्तमान औसत दैनिक खपत२० किलोग्रामभन्दा कममा झरेको छ।यस बीचमा, बैंकहरूले सुनको आयात एक महिनासम्मरोक्नुपरेको छ, जबकि व्यवसायीहरूलेतिहार लक्षित गरेर १०० किलोग्रामसुन आयात गर्न अनुरोधगरेका छन्।
नेपालमा सुनको मूल्य गत वर्षको १लाख १६ हजार रुपैयाँबाट१ लाख ४० हजाररुपैयाँभन्दा बढीमा पुगेको छ। यता, भारतमासुन सस्तोमा उपलब्ध हुँदा सीमावर्ती ग्राहकहरू भारतको बजारतर्फ आकर्षित भइरहेका छन्, जसले जनकपुरधामकोसुनचाँदी बजारमा प्रतिकूल असर पारेको छ।
भारतमा ६ प्रतिशत करर नेपालमा २० प्रतिशत करलेगर्दा ग्राहकहरू सस्तो सुन किन्न भारतजान थालेका छन्, जसले जनकपुरधामकाव्यवसायीलाई चिन्तित बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस