ओमानका विदेशमन्त्री भोलि नेपाल भ्रमणमा आउँदै
ओमानका विदेशमन्त्री सय्यद बद्र विन हमाद अल्बुसैदी दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउने भएका छन्।
ओमानका विदेशमन्त्री सय्यद बद्र विन हमाद अल्बुसैदी दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउने भएका छन्। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।
नेपाल भ्रमणका क्रममा दुई परराष्ट्रमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। यसैगरी, नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
ओमानका विदेशमन्त्रीले नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ। ओमानका विदेशमन्त्रीले मंगलबार नेपालबाट फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस