Techie IT
२०८३ भाद्र १९, शुक्रबार

मौसम पूर्वानुमान: भारी वर्षाको सम्भावना


जल तथा मौसम विज्ञान विभागले सोमबार जारी गरेको मौसम बुलेटिन अनुसार, हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ र सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

राति कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी, वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

कोशी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिमबाट बच्न विभागले आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट