कात्तिक १५ देखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्दा शुल्क लाग्ने
आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनसँग सडक उपभोग दस्तुर (टोल ट्याक्स) असुल गरिने भएको छ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले एक सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गीकरण अनुसार शुल्क निर्धारण गरिएको जानकारी गराएको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णय र नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाका आधारमा यो शुल्क उठाउन लागिएको आयोजनाले जनाएको छ।
आयोजनाले जारी गरेको सूचना अनुसार सवारीसाधनको वर्गका आधारमा काठमाडौँ प्रवेश गर्दा र काठमाडौंबाट बाहिरिँदा फरक-फरक शुल्क दर तय गरिएको छ ।
वर्ग १
(कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र हलुका सवारी)
काठमाडौँ प्रवेश गर्दा रु. ६५ र बाहिरिँदा रु. ६०
वर्ग २
(मिनी बस, मिनी टिपर/ट्रक)
काठमाडौँ प्रवेश गर्दा रु. ११५ र बाहिरिँदा रु. ८०
वर्ग ३
(ठूला बस र ट्रक)
काठमाडौँ प्रवेश गर्दा रु. २६० र बाहिरिँदा रु. २००
वर्ग ४
(मल्टी एक्सल ट्रक, भारी उपकरण र ठूला सवारी)
काठमाडौँ प्रवेश गर्दा रु. ६०० र बाहिरिँदा रु. २५०



तपाईको प्रतिक्रिया दिनुहोस