थाई एयर एसियाको भैरहवा–बैंकक उडान सुरू
थाई एयर एसियाले आजदेखि नेपालका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक–भैरहवा–बैंकक सिधा उडान सेवा सुरु गरेको छ।गौतमबुद्ध विमानस्थलका प्रवक्ता विनोद राउतका अनुसार, थाई एयर एसियाले यो मार्गमा सातामा दुईपटक उडान गर्ने योजना बनाएको छ।
पहिलो उडान आइतबार बिहान बैंककबाट ७ बजे भैरहवा विमानस्थलमा अवतरण गरेको थियो भने, विमानले ७:४० मा बैंककका लागि पुनः प्रस्थान गरिसकेको छ। यो उडान विशेष रूपमा थाई एयर एसियाका चालक दलका सात सदस्यहरू मात्रै रहेको थियो।उक्त उडानको अर्को सेवा मंसिर २३ (नोभेम्बर ८) मा हुने जानकारी दिइएको छ। विमानस्थलका अनुसार, यो उडानले भैरहवा क्षेत्रका यात्रुहरूका लागि थप अन्तर्राष्ट्रिय यात्रा अवसर उपलब्ध गराउनेछ।
यसले नजिकका क्षेत्र, विशेषगरी लुम्बिनी र पश्चिम नेपालका नागरिकहरूलाई बैंकक यात्रामा सीधा पहुँच दिनेछ, जसले बैंककसँगको व्यापारिक, धार्मिक, तथा पर्यटन सम्बन्धलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।थाई एयर एसियाको यो उडानले भैरहवाको पर्यटन, व्यवसाय, र अध्यात्मिक यात्रालाई प्रोत्साहन दिने विश्वास गरिएको छ।
विशेषगरी, थाईल्यान्ड र दक्षिणपूर्वी एशियाबाट लुम्बिनीको धार्मिक भ्रमणमा आउने पर्यटकहरूको संख्या बढ्न सक्ने आशा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस