Techie IT
२०८३ जेष्ठ ११, सोमबार

साल्ट कर्पोरेशन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री


साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको धनुषा शाखाले आर्थिक वर्ष २०८०/८१ मा कुल १८ करोड ६२ लाख रुपैयाँको आयोडिनयुक्त नुन बिक्री गरेको छ। धनुषा, महोत्तरी र सिन्धुली जिल्लामा सेवा पुर्याउने यस शाखाले आफ्ना २५ वटा डिलरमार्फत उक्त नुन वितरण गरेको हो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (साउन, भदौ, असोज) मात्रै पाँच करोड २३ लाख रुपैयाँ मूल्य बराबरको नुन बिक्री भइसकेको छ। यस अवधिमा कुल ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको कार्यालयले जनाएको छ। 

दसैँ, तिहार, र छठ पर्वलाई लक्षित गरी सहुलियत दरमा सुपथ मूल्य पसलहरू सञ्चालन गरी नुन बिक्री गरिएको पनि बताइएको छ।

प्रमुख शुभनारायण साहका अनुसार असोज ७ देखि कात्तिक २९ सम्म सञ्चालन भएको सहुलियत पसलमार्फत पाँच हजार छ सय प्याकेट नुन बिक्री भई दुई लाख ६१ हजार रुपैयाँ आम्दानी भएको छ। 

सहुलियत पसलबाट प्रति प्याकेट रु २४ मा नुन उपलब्ध गराइएको छ भने डिलरमार्फत रु २६ मा बिक्री भइरहेको छ। साथै, यस शाखाले रासायनिक मलको कारोबारसमेत गर्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट