Techie IT
२०८३ जेष्ठ ११, सोमबार

रविको बयान समाप्त, सहकारी हिनामिना आरोप अस्वीकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविलामिछानेको बयान रुपन्देहीमा पूराभएको छ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविलामिछानेको बयान रुपन्देहीमा पूराभएको छ। जिल्ला सरकारीवकिल कार्यालय भैरहवामा मंगलबारदेखि जारी बयान बिहीबारअपराह्न समाप्त भएको हो।

प्रहरी स्रोतका अनुसार, लामिछानेलाई मंगलबार मौखिक र बुधबार तथाबिहीबार लेखित ७० भन्दा बढीप्रश्न सोधिएको थियो। बयानको क्रममा, लामिछानेले आफू सहकारी ठगीप्रकरणमा संलग्न नभएको दाबी गर्दै आफ्नोबचाउ गरेका छन्। उनले गोर्खामिडिया नेट्वर्कमा सहकारीको रकम पठाएको विषयमाअध्यक्ष गितेन्द्रबाबु राईलाई थाहा रहेको बताएकाछन्।

सुप्रिम सहकारीको १४ करोड २९लाख ३६ हजार रुपैयाँगोर्खा मिडिया नेट्वर्कमा सारेर कानुनी प्रक्रिया उल्लङ्घन गरिएको आरोप छ। लामिछानेलेएक करोड ९६ लाखरुपैयाँ आफ्नो खातामा आएको कुरा भनेस्वीकृत गरेका छन्, तर उनलेयसमा आफ्नो संलिप्तता इन्कार गरेका छन्।

सुप्रिम सहकारीका कर्मचारी रोशनी गुरुङले रविको नाममा उक्त रकम जम्मागरेको स्वीकार गरेकी छन्। उनले हालकोबयानमा पनि रविको नाममाखाता खोल्नको लागि सागर केसीकोनिर्देशन पाएको बताएकी छिन्।

लामिछानेलाई रुपन्देहीमा बयानपछि पोखरा लैजाने तयारी भइरहेको छ। उनलाई सहकारीठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमुद्दामा अनुसन्धान भइरहेका छन्।

सुप्रिम सहकारी प्रकरणमा लामिछानेसहित अन्य व्यक्तिहरूको नामसमावेश रहेको छ र हालैकोसंसदीय छानबिन समितिको प्रतिवेदनमा उक्त रकम गोर्खामिडिया नेटवर्कमा अवैध रूपमा जम्माभएको पुष्टि गरिएको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट