Techie IT
२०८३ जेष्ठ ११, सोमबार

सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ


सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी अनुसन्धान कुनै पनि बाह्य प्रभावबाट मुक्त रहने बताएका छन्। 

लमजुङको गहतेमा नवनिर्मित गहते कालिका मन्दिरको उद्घाटन समारोहमा मन्त्री गुरुङले नेपालका समस्याग्रस्त सहकारीहरुको अध्ययन गरी संससञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी गठीको अनुसन्धान कहिँकतैबाट पनि प्राभावित नहुने बताएका हुन् ।

लमजुङको गहतेमा निर्माण गरिएको गहते कालिका मन्दिरको आज यहाँ उद्घाटन गर्दै मन्त्री गुरुङले संसदीय छानबिन समितिले नेपालको समस्याग्रस्त सहकारीहरुको अध्ययन गरी प्रतिवेदन तयार पारेको बताए । “सबै दलका प्रतिनिधि सम्मिलित छानबिन समितिले तयार गरेको प्रतिवेदनका आधारमा नै अनुसन्धान भइरहेको छ”, उनले भने ।

धेरै व्यक्तिमाथि प्रतिवेदनका आधारमा अनुसन्धान भइरहेको मन्त्री गुरुङले बताए । सरकार अहिले कुनै पार्टीको नेतालाई समात्ने र फसाउने पक्षमा नरहेको उल्लेख गर्दै मन्त्री गुरुङले  सही गलत छुट्टयाउने जिम्मा न्यायालयको भएको बताएका छन् । सरकारको कामलाई अतिरञ्जित गरेर सरकारलाई गाली गर्नु जायज नभएको उनको भनाइ थियो ।

“प्रतिवेदनमा कांग्रेस, एमालेलगायत अन्य राजनीतिक दलका व्यक्तिको नाम आएको छ भने पनि उनीहरुमाथि पनि अनुसन्धान हुन्छ”, मन्त्री गुरुङले भने, “केही दिनअघि मात्र कांग्रेस उपसभापति धनराज गुरुङसँग सोधखोज गरिएको छ ।”

देशमा भ्रष्टाचार मौलायो भन्नेहरु नै भ्रष्टाचार हो कि होइन भनेर छानबिन गर्दै गर्दा अनुसन्धान प्रभावित पार्नेगरी नाराजुलस लगाइरहेका मन्त्री गुरुङले बताए ।

उनका अनुसार प्रतिवेदनमा विभिन्न दलका प्रतिनिधिहरुको नाम समावेश भएको भए पनि निष्पक्ष अनुसन्धान भइरहेको छ। कांग्रेस उपसभापति धनराज गुरुङसँग समेत केही दिनअघि सोधपुछ गरिएको उल्लेख गर्दै मन्त्रीले सही–गलतको निर्णय गर्ने जिम्मा न्यायालयको भएको स्पष्ट पारे।

भ्रष्टाचार विरोधी नाराबाजीमा लागेका कतिपय व्यक्ति अनुसन्धान प्रक्रियामा अवरोध पुर्‍याउने प्रयासमा रहेको भन्दै मन्त्री गुरुङले सरकारलाई बेवास्ता गर्ने वा अतिरञ्जित आरोप लगाउनु अनुचित भएको बताएका छन् ।

फरक प्रसङ्गमा मन्त्री गुरुङले देशको सूचना प्रविधि क्षेत्रको विकास लमजुङबाट सुरु गरिने र नेपाललाई आइटी उद्योगका रूपमा अघि बढाएर करिब तीन लाख युवालाई रोजगारी दिने लक्ष्यमा आफू संलग्न रहेको उल्लेख गरे।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट