Techie IT
२०८३ असार ५, शुक्रबार

पेरिस प्यारालम्पिक्स आजदेखि: नेपाल भोलि प्रतिस्पर्धामा

पेरिस प्यारालम्पिक्स आजबाट सुरु हुँदैछ। यस प्रतियोगितामा नेपालले ताइक्वाण्डो र पौडीमा ३ खेलाडीलाई सहभागी गराएको छ।


पेरिस प्यारालम्पिक्स आजबाट सुरु हुँदैछ। यस प्रतियोगितामा नेपालले ताइक्वाण्डो र पौडीमा ३ खेलाडीलाई सहभागी गराएको छ।
 

ताइक्वाण्डोका प्रशिक्षक कबीराज नेगी लामा अनुसार, नेपाली ताइक्वाण्डो खेलाडी भारत सिंह महताले भोलि जापानका मित्सुया तानाका विरुद्ध पहिलो राउन्डमा प्रतिस्पर्धा गर्नेछन्। 

भारत खेलाडी महताले पेरिस प्यारालम्पिक्समा ग्राण्ड प्यालेसमा पारा ताइक्वाण्डोमा नेपाललाई प्रतिनिधित्व गर्नेछन्। उनले K-44 श्रेणी, पुरुषहरूको ५८ किलोग्राम मुनिको विभागमा प्रतिस्पर्धा गर्नेछन्।
 

ताइक्वाण्डो खेलाडी पलेशा गोबर्धनले पेरिस प्यारालम्पिक्समा K-44 श्रेणी, महिलाहरूको ५७ किलोग्राम मुनिको विभागमा भेनेजुएलाका भलेरिया मोरालेससँग अगस्ट ३० मा प्रतिस्पर्धा गर्नेछिन्।

अर्का नेपाली खेलाडी भीम बहादुर कुमालले पौडीमा भाग लिएका छन्।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट