Techie IT
२०८२ भाद्र ६, शुक्रबार

डोरम्बा भूस्खलन: ८ जनाको मृत्यु

डोरम्बा शैलुङ गाउँपालिका-३ मा भएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ।


डोरम्बा शैलुङ गाउँपालिका-३ मा भएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ।
२५ भदौमा आएको पहिरोमा चार घर बगाएर गएपछि बेपत्ता भएका ११ जनामध्ये अहिलेसम्म आठ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रदीप कुमार सिंहले बताए।
लेखार्कमा शनिबार आधी रातमा आएको वर्षाले ल्याएको पहिरोमा पहिलो दिन १० जना बेपत्ता भएका थिए। बेपत्ता मध्ये एक जनालाई जीवितै उद्धार गरिएको र त्यही दिन छ जनाको शव फेला परेको थियो।

हालसम्म दुई जनाको शव थप फेला परेको प्रहरीले जनाएको छ, जसले गर्दा मृतक संख्या आठ पुगेको हो।

उक्त वडाका कालेपहरी, ५५ र झ्याइपुरी पहरी, ५० को खोजी भइरहेको छ।

चन्दिका श्रेष्ठ, ३०, उनका १८ महिनाका छोरा आयुष श्रेष्ठ, उर्मिला पहरी, ५७, सन्दीप पहरी, ३०, सन्तोष पहरी, बिज्ञान पहरी, १४ को शव पोस्टमार्टम गरी सोमबार नै उनीहरूका परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट