Techie IT
२०८३ जेष्ठ ११, सोमबार

पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेसको आकस्मिक बैठक


नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०ः३० बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बोलाएको छ। 

पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्नका लागि यो बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए।

बैठकमा काठमाडौँमा उपलब्ध केन्द्रीय कार्यसमितिका सभापति र पदाधिकारीहरू सबैलाई उपस्थित हुन भनिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। ढुंगानाको निधनपछि डडेलधुरामा रहेका पार्टी सभापति शेरबहादुर देउवा काठमाडौँ फर्किसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट