Techie IT
२०८२ चैत्र १, आइतबार

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडीजहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमाफर्कने भएको छ।


नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडीजहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमाफर्कने भएको छ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार, जहाजको सि–चेक मर्मतपश्चात्नियमित उडान गर्न लागिएकोहो। तीन महिनाअघि इटालीलगिएको उक्त जहाज अबमर्मतपश्चात् विमानस्थलमा आइपुगेको छ।

पौडेलले बताए, “अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रक्रिया पूरा गरेर सि–चेक मर्मतपछि जहाजत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ८बजेर ५२ मिनेटमा अवतरणगरेको थियो। आज बेलुकादेखि नियमितउडान सुरु हुनेछ।”

निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय उडान गर्न थालेसँगैयात्रु सेवा थप प्रभावकारीहुने अपेक्षा गरिएको प्रवक्ता पौडेलले उल्लेख गरे।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट