नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
नेपाल र भारतका सीमा सुरक्षासम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा दुवै पक्षले सीमा सुरक्षामा थप समन्वय गर्ने विषयमा छलफल गरेका छन्।
नेपाल र भारतका सीमा सुरक्षासम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा दुवै पक्षले सीमा सुरक्षामा थप समन्वय गर्ने विषयमा छलफल गरेका छन्।
नेपाल तर्फबाट बैठकमा महानिरीक्षक अर्यालसहित उच्च सुरक्षा अधिकारी, गृह मन्त्रालय, नेपाल प्रहरी, अनुसन्धान विभाग, नापी विभाग र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए। भारत तर्फबाट भने सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादको नेतृत्वमा छ सदस्यीय टोली उपस्थित थियो।
यसैबीच, भारतको सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादले नेपाल भ्रमणको क्रममा गृहमन्त्री रमेश लेखकसँग पनि भेटवार्ता गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस